देश

बेलाबखत चर्चामा आउने मन्त्रि पण्डितले कपिलवस्तु पुगेर के भने ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अब प्रदेशले कर्मचारीको व्यवस्थापन गर्ने बताएका छन् । अहिले प्रादेशिक लोकसेवा आयोग गठन भइर्नसकेकाले आयोग गठन भएजगत्तै कर्मचारीको् व्यवस्थापन प्रदेश अनुसार हुने बताएका हुन् ।

संघीय संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्ने पनि बताएका छन् ।

यसबीच मन्त्रि पण्डितले जनप्रतिनिधिहरुलाई बिशेष निर्देशन समेत दिएका छन् । बिशेष निर्देशन दिदैँ मन्त्रि पण्डितले भने, जन प्रतिनिधीहरुलाई गल्ती गर्ने अधिकार छैन्, नियमकानुन अनुरुप नै जनप्रतिनिधिहरुले काम गर्ने भएकाले जनहित विपरित काम नगर्न आग्रह गर्छु ।र्

प्रशासन र कर्मचारीतन्त्र सुध्रेमात्रै मुलुक उभो लाग्ने उनको भनाई थियो ।