प्रवास

एक नेपालीको शव २ महिनादेखि मलेसियामा थन्कियो, आफन्तको अत्तोपत्तो छैन्

काठमाडौं । २ महिनादेखि एक नेपालीका शव मलेसियामा थन्किएको छ । नेपालमा रहेका आफन्तहरुको अत्तोपत्तो समेत नलागेपछि शव बेवारिसे बनेको होे । गोली ३ सोलुखुम्वुका जिग्मे लामाको फेब्रुअरी २० तारिखका दिन मृत्यु भएकको थियो तर हालसम्म आफन्तहरु सम्पर्कमा नआउँदा समस्या भएको हो ।

आन्द्रामा समस्या देखिएका लामाको उपचारका क्रममा मृत्यु भएको स्रोत बताउछ ।

आफन्तको पहिचान नहुदाँ शव स्वदेश पठाउन समस्या भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।