राजनीति

बामगठबन्धका बामदेवले नाच्दै ओली र प्रचण्डलाई लगाए दोष

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले पार्टी एकताबारे मुख खोलेका छन् । एमाले–माओवादी केन्द्रबीचको एकता रोकिनुको कारण आफूलाई थाहा नभएको अभिव्यक्ती उनले दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कारण एकतामा ढिलाई भएको भन्दै एकतामा ढिलाई भएको कारण थाहा नभएको बताए ।

सिन्धुली काठमाडौं सम्पर्क मञ्चद्धारा शनिबार गोदाबरीमा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै बामगठबन्धनका शुत्रधार गौतमले भने‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्, तर पनि एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन’ गौतमले भने, ‘त्यसैले, अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला ।’

ओली प्रचण्डले एकता हुन नकसक्नुको कारण नबताएको प्रति अशन्तुष्टी जाहेर गर्दै उनले अघि भने ‘एकता नहुनुको कारण ओली र प्रचण्डबाहेक अरु कसैलाई थाहा छैन’ , ‘उहाँहरुबीच के के कुरा हुन्छन्, एकता संयोजन समितिमा रहेका हामीलाई समेत जानकारी गराइन्न ।’

उनले एकता नभए त्यसको दोषी ओली प्रचण्ड हुने बताए । ‘प्रचण्डले माओवादी घटकबीच १६ पटक एकता गराउनु भयो रे १ ०४७ मा माले–मार्क्सवादी बीच एकता भएर एमाले बनेयता विभिन्न समूहसँग ४६ पटक एकता भइसक्यो, ती सबैजसो एकतामा म आफैं संलग्न छु’ गौतमले भने, ‘तर एमाले–माओवादी केन्द्रबीच जत्तिको जटिल एकता मैले देखेको छैन ।’

नेता गौतमले बनभोज कार्यक्रममा नृत्य समेत गरेका छन् ।