आर्थिक

प्राइम बैंकद्धारा शाखा सञ्जाल विस्तार, शाखाको संख्या ६० पुग्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकले शाखा सञ्जाल विस्तार गरेको छ । स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखा गरी ४ वटा शाखाहरुको शुभारम्भ गरेको हो ।

एक विज्ञप्ती जारी गर्दै बैंकले देशभरी शाखाहरुको संख्या ६० पुगेको जानकारी दिएको छ ।

विभिन्न पेशकर्मीहरुको उपस्थितीमा बैंकका महाप्रबन्धक संजीव मानन्धर र नायब महाप्रबन्धक भाइराजा तुलाधरले क्रमश एक र तिन शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले आगामी दिनमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बताएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउँदै जाने प्रतिबद्धता गरेका छन् ।