विचार/ब्लग

“नेतृत्वको होडमा भन्दा नीति र विचारमा कांग्रेस लाई हिडाउनुपर्छ।”

कुमार थापा/कोरिया । मुलुकको हरेक परिवर्तन र क्रान्तिमा नेपाली कांग्रेसको भुमिका अब्बल रहेको इतिहास सांक्षी छ।नेपालको माटोले नेपाली कांग्रेसको हरेक क्रियाकलापसंग मितेरी गांसेको सत्य हो। २००३ सालमा भारतको कलकत्ताबाट नेपाली कांग्रेसको स्थापना गरि बीपीले मोर्चा सम्हाल्नुभयो। विपि कै नेतृत्वले २०१५ सालमा २/३ दुई तिहाई भारी मतका साथ विजयीसङ्गै पार्टीलाई दिगो यात्रामा सरिक गराउनुभयो। करिव ६ दशक भन्दा बढी पार गरिसकेको देशमा प्रजातन्त्रको प्रत्याभूति दिलाउन सफल कांग्रेसले ७/८ दशक यात्रा पार गरिसकेकोछ। राणाको जहाँनिय शाशन होस या राजा यी तजबिजलाइ किनारा लाउदै जनताले लेखेको संविधान देखि गणतन्त्र  नेपाल बनाउन पनि कांग्रेसले आफ्नो ल्याकत र क्षमता राख्यो। यसरी देशको हरेक आरोह-अवरोह, आन्दोलन (जनआन्दोलन क्रान्ति र संक्रमणकालीन अवस्थामा सम्हालिदै र रास्ट्रलाई सम्हाल्दै विश्वसामु नेपालमा कांग्रेसको भुमिका र महत्त्वलाई प्रष्ट पारेको छ।

यसरी मुलुककै राजनीतिमा स्वर्णिम यात्रा तय गरेको कांग्रेसले यति लामो समय सम्म आइपुग्दा पार्टीभित्र धेरै अवस्था र परिस्थितिको सामना गर्नु र चुनौती सँग पैँठाजोरी खेल्नुपर्ने स्थिती सिर्जना भएको छ । विगतको निर्वाचनमा ठूलो आकारको पार्टी कांग्रेस अहिले  आफ्नो आयतन घटाएकोछ। देशको नयाँ संरचना अनुरुपको विधान, नेतृत्व  र अन्य प्राविधिक तथा उचित ब्यवस्थापनको अभावमा पार्टी भित्रै मेल(विमेलका कुरा सतहमा देखिन थालेको छ । यो स्थिति देखापर्नु अत्यन्त दुःखद छ।  हामिले आवरणमा भनिरह्यौँ सहमति सहकार्य र एकता तर आन्तरिक रुपमा गलत अभ्यास गरिरह्यौँ। एकताको विकुल फुक्यौँ रोज्दा अनेकता रोज्यौँ । एकता भित्रको अनेकता खोजेनौँ केवल अनेकता मात्रै भन्यौँ आएर असर तरल अवस्थामा देखिएकोछ। जसले आम नेता तथा कार्यकर्तालाइ लुच्छुप्पै भिजाएकोछ । आजको दिनमा हामिले पार्टिले जितेको भन्दा आफ्नो मान्छेले जितेको कुरामा गर्व गर्छौ । आफ्नैले जित्दा मात्रै सर्वस्व जितेको महशुस गर्छौ तर पार्टी र संगठनले हार्दै गर्दा निस्चिन्त रहन्छौँ । दोष लगाउछौँ अनि  खण्डिकरणमा व्यस्त रहन्छौँ । सरलीकरणलाई वयवास्था गर्छौ । यी त हाम्रो आदत बनिसकेको छ। यिनै विशेषताको सिकाइ अभ्यासमा हामी छौँ। सोच्दैनौँ यस्ता प्रवृतिले संगठन र पार्टीलाई कति हित र कति अहित गर्छ। संगठनको मर्म विपरीत  नेतृत्वलाई जोड दिन्छौं । ‘नीति, संरचना र विचारलाई पर सारेर नेतृत्वकै होडमा अस्वस्थ राजनितिको चक्रब्युहमा समय बर्बाद पार्छौँ। थाहा हुदैन हामिलाइ संगठन र पार्टी भित्रको आधारवस्तु, अन्तरवस्तु अनि यथार्थ अवस्था  सो अवस्थाले ल्याउन सक्ने सम्भावित दुर्घटना ‘यी त सवै भन्ने कुरा न हो’ भनेरै टार्छौँ । यि तत्वहरु नै संगठन र पार्टी भित्रको गलत प्रवृतिको कारक हुन। संगठन कै शत्रु हुन नकि कोहि कसैको शत्रु होस।

सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक लगयत देशको राष्ट्रियता मुद्दामा समेत संगठन र पार्टीको भुमिका साथै नेता तथा कार्यकर्ता बीच छलफलको विषय गौँण बनाएका छौँ । पार्टीको अवधारणा, प्रष्ट नीति तथा कार्यक्रम को सहकार्य सङ्गै  आफ्नो Position र Stand लिने कुरामा पनि हामीबिच नै भिन्न भिन्नै विचार प्रकट हुनु गुट-उपगुट र झुण्डमा संस्कार वनाउनु, स्पष्ट नीति र विचार भन्दा नेतृत्वको नै सवालको विषय बन्नुले प्रकारान्तरमा नकारात्मक प्रभाव देखिन सक्ने प्रवल सम्भावना छ । जस्ले पार्टी र संगठन भित्र प्रतिकुल परिस्थिति को सिर्जना गर्दछ। यसरी चुनावको परिदृष्यमा अन्तरघात र आवेग पार्टीमा पोखिएको थियो । जसको कारण आज संगठनको आन्तरिक अवस्था पार्टीको स्थिति कमजोर हुनुका साथै राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व नगन्य छ । यस्तै यस्तै सस्तै आधारभुत कुराको हेक्का नराख्नु, आन्तरिक रणनीति अनि भावी योजना र संस्थाको अवस्था नहेरी केवल नेतृत्व कै होडमा मरिहत्ते गर्दा आउन सक्ने समस्या थप बल्झिन्छन र सद्भाव खल्बलिन्छ ।  तसर्थ “नेतृत्व को होडबाजी भन्दा नीति र विचारमा कांग्रेसलाई हिडाउनुपर्छ ।”

राजनीतिक संस्कारमा समस्या मात्रै पनि छैन समस्याको समाधान पनि छ। सवै कुरा निर्विकल्प छन यो पनि होईन । कति त्यस्ता धेरै कुरामा विकल्प छन।ती विकल्पको अर्थपूर्ण रुपमा खोजिनु जरुरी छ। जहाँ संगठन को दिगो हित छ । प्रवासी भातृसंगठनको सवालमा क्षेत्रगत Data Base मा जादै गर्दा त्यहाको भुगोल र जनसंख्या लगायत अन्य source, त्यहाको वस्तुस्थिति, कृयाकलाप, संस्थाको रणनीति, कार्यदिशा र स्पष्ट खाका सहित विधागत परिपक्वता पाउन सकिन्छ।जस्ले संस्था बलियो बनाउन आधार दिन्छ ।

त्यस्तै आर्थिक अभिलेखिकरण उत्तिकै महत्त्वपूर्ण पाटो हो। जसमा संगठनको प्रकृति, प्रक्रिया र अवस्था हेरेर अर्थ समन्धिको पार्दर्शिता र  विश्वासनियतालाइ मजवुत बनाउदछ । अर्को महत्वपूर्ण तत्व संस्थागत अभिलेखिकरण जसमा क्षेत्र, केन्द्र र अन्य संगठन संगको भुमिका सहितको संस्थाको वृतान्त लिखित दस्तावेजमा दर्ज गरिएको हुन्छ। जहाँ संगठनको हरेक तत्वहरुको यथार्थता र वस्तुगत स्थिति छर्लङ्ग पार्न सकिन्छ। यसरी संगठनको विकासमा साधरण सदस्यता, सकृय सदस्यता, कृयाशिल सदस्यता, क्षेत्र र केन्द्रका हरेक गतिविधिलाइ चुस्त दुरुस्त राखी अभिलेखिकरणको सहि कार्यनयन पश्चात् क्षेत्रलाइ चलायमान गराउने देखि लिएर  केन्द्रको आधिकारिक अवधारणा पार्टीकै विधि विधान तथा Norms and value  लाई अक्ष्युण राख्दै सद्भाव सहित समावेशीकरणमा समेत टेवा दिन सकिन्छ ।

यस्ता छलफल र बहस हुनुपर्ने महत्त्वपूर्ण कुरा छोडेर नेतृत्वलाई मात्रै सर्वेसर्वा ठान्ने प्रवृति रहिरहने हो भने संगठनले दुर्गती खेप्नुपर्ने स्थिती सिर्जना हुन्छ। त्यसै बल र आबेगमा भन्दा विवेकमा विश्वास गर्नुपर्छ। निशेधको राजनिती भन्दा सामर्थ्यको पहिचान गरि समान दायित्व र कर्तव्य निभाउनुपर्छ। कसैले कसैको अस्तित्व स्वीकार नै नसक्नु भन्दा सह-अस्तित्वमा संगठनको भविस्य देख्न सक्नुपर्छ। अग्रज अभिभावकहरुले सत्य र तथ्यताका आधारमा सहि समयमा सहि निर्णायक भुमिका निर्वाह गर्नुपर्छ । त्यसमा नै सवैको दिगो हित हुन्छ। सवैले सवै प्रती राजनीतिक संस्कारमा अनुग्रहित हुँदै नीति र विचारको राजनितिलाइ अगाडि बढाउनुपर्छ ।

अत: ‘राष्ट्रियता ,लोकतन्त्र,समाजवाद र एकता’ हाम्रो सिद्धान्त र आदर्श हुन। यसैको क्षत्रछाँयामा हामिले सह अस्तित्व, सद्भाव, स्पष्ट कार्यदिशा, योजना र अवधारणा सहित संगठन र पार्टीलाई गतिशील बनाउनुको विकल्प छैन। राजनितिक आचरण र संस्कारमा आवद्ध रहेर विधि विधान सम्मत ढङ्गले नीति र विचारलाई प्राथमिकताका साथ अघि बढ्नु आजको आवश्यकता हो। निशेध भन्दा सह-अस्तित्वलाई कायम राख्दै एक आपसमा सद्भाव, समानता र समावेशीकरणमा जोडबल गर्नुपर्ने देखिन्छ। संगठन र पार्टी रहे मात्र हामी रहन्छौँ भन्ने कुरालाई हेक्का राखेर क्षणिक लाभको मोहबाट टाढा रहनु अत्यन्त जरुरी छ। ‘सवै अट्ने देश, सवैलाइ जोड्ने कांग्रेस’ यो उत्तिलाइ चरितार्थ गर्नु आजको दिनमा सवैको बराबरी कर्तव्य हो । जयनेपाल!

‘लेखक हाल दक्षिण कोरियामा बस्दै आएका छन् ।’