राजनीति

यसो नगरिए मोदीको नेपाल भ्रमण हात्ती आयो हात्ती आयो फुस्सा !

हेमराज जोशी/काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनको दुईदिने मैत्री पूर्ण भ्रमण सकेर शनिबार स्वदेश फर्किए । विश्वकै दुई ठूला शक्ति राष्ट्र प्रमुखहरुको भेटले दुनियाको ध्यान तान्यो । तर मोदीको भ्रमणमा चिन र भारतकाबीचमा खासै औपचारिक सन्धि सम्झौताहरु भएनन् । मोदी र सि बीचको भेटवार्ता दुई देशको सम्बन्ध सुधारमा केन्द्रित रह्यो । दुवै देशका सरकार प्रमुखहरुले एउटै डुङगामा सयर गर्दै वातचित गरे ।
मोदीको चिन भ्रमणको पूर्व सन्ध्यामा भारतीय विदेशमन्त्री शुष्मा स्वराज पनि चिन भ्रमणमा आएकी थिईन् । मोदी चिनमा रहदाँ भारतको दोक्लाम लगायत विभिन्न सम्झौताहरु हुने अपेक्षा थियो तर मोदी दुई देश बीचका सम्बन्ध प्रगाढ बनाएर स्वदेश फर्के ।

अब कुरा गराँै, मोदीको नेपाल भ्रमणबारे । मोदी यही बैशाख २८ गते नेपाल आउने कार्यक्रम रहेको समाचार बाहिरिए पनि औपचारिक कार्यक्रम भने सार्वजनिक भएको छैन् । पहिलो पटक मोदी नेपाल आउदाँ निकै सम्मान पाएका थिएन् तर पछिल्लो समय नेपाली जनता मोदीप्रति रुष्ट बनेको छ । मोदीले नेपालबाट फर्केलगत्तै नाकाबन्दी गरे जसले भारतप्रति नेपालको मानसिकता परिवर्तन गराईदियो । नाकाबन्दीको झन्डै अढाई बर्ष बितिसकेकाले नेपालीको भारतप्रतिको रिस पनि मथ्थर भईसकेको छ ।

मोदी २८ गते जनपुरधाम आउने कार्यक्रम छ । मोदीको यसपटकको नेपाल भ्रमण नयाँ सम्झौता गर्नेभन्दा पुराना सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने देखिन्छ । गएको महिना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा गरिएका र त्यस अघि भारत सँग गरिएका सम्झौता कार्यान्यवनमा गर्नुमा दुवै देशको हित छ । कार्यान्ववयन नगरिने सम्झौताले कुनै अर्थ राख्दैन् । मोदीको नेपाल भ्रमण सफल र फलदायी हुनुपर्छ भन्ने अभिव्यक्तीहरु मोदी नेपाल आउने समाचार बाहिरिपछि सबै पक्षले दिन थालेका छन् ।

उसो त, मोदीको नेपाल भ्रमणका ५ एजेन्डा सार्वजनिक भएको भारतीय मिडियाहरुले बताएका छन् । पहिलो जनपुरधाम स्थित जानकी मन्दिरको दर्शन, दोस्रो काभ्रेमा प्रहरी एकेडेमीको उद्घाटन, तेस्रो नेपाल आएर मोदीले ठूलो सहयोगको घोषणा गर्न सक्ने बुझिएको छ भने चौथो मुक्तिनाथ मन्दिरको दर्शन तथा पाचौँ ९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको समाचार प्रकाशका आएको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुध्रेकाले मोदीको नेपाल भ्रमण फलदायी हुने कुरामा दुईमत छैन् ।

राजनीतिक तवरबाट नेपाल र भारत दुवैलाई सिमा व्यवस्थापन, भारतसँगको नेपालको व्यापार घाटा लगायतका मुलुकका प्रमुख हितका मुद्धाहरुमा छलफल नतिजा नआए विगतमा भएका भ्रमण जस्तै हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ ।

बेलाबखत नेपाल र भारत अथवा नेपाल र चिन बीच सम्बन्धमा उतारचढाव आएका समाचारहरु पनि नआएका भने होईनन्। तसर्थ भारतसँगको सम्बन्ध मात्रै सुधार्ने र चिनसँग सम्बन्ध बिगार्ने अथवा चिनसँग मात्रै सम्बन्ध सुधार्ने र भारतसँग सम्बन्ध बिगार्नु नेपालका लागि घातक बाहेक अरु केही नहुने भएकाले दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध भारत र चिनसँगको सम्बन्ध स्थापित गर्नुपर्छ ।

एउटा चर्चित नेपाली कलाकारले भनेजस्तै नेपाल दुई ढुङ्ग्रा बीचको तरुल नबनेर दुई सर्प बीचको गरुड बन्न सक्नुपर्छ ।