राजनीति

सभापति र बरिष्ठ नेताको हठका कारण आजपनि काँग्रेस बैठक आजपनि हुंदैछ अनिश्चित

काठमाण्डौ । नेपाली काँग्रेसको शुक्रबारदेखी स्थगीत भएको बैठक अज ९. ०० बजे बस्ने भनिएपनि  अहिलेसम्म बस्न सकेको छैन ।
काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कुरा मिल्न नसकेपछि आईतबार पनि बैठकले गति लिन सकेको छैन । माहामन्त्री डा. शसांक कोईरालाले तयार गर्ने ड्राफ्टमा सहमति नभएका कारण बैठक शुरु हुन नसकेको केन्द्रीय सदस्य मीन बिश्वकर्माले बताए ।
काँग्रेस सभापति देउृवा, पौडेल लगायतका नेताहरु शनिबारको जस्तै अन्य अनौपचारिक छलफलमा ब्यस्त छन् । कतिपय केन्द्रीय सदस्यहरु आ–आफ्ना घरायसी काममा निस्कन थालेका छन् ।
सभापति देउवा निर्बाचनमा भएको काँग्रेस हारको जिममेवारी लिन कुनैपनि हालतमा तयार देखिदैनन् भने बरिष्ठ नेता पौडेल सहित गगन थापा, प्रदीप पौडेल जस्ता नेताहरुले कुनैपनि हालतमा काँग्रेस पराजित हुनुको नैतिक जिममेवारी सभापतिले लिनुपर्ने अडानमा छन् ।
दुबैपक्षको अडान कायम रहेमा आजको बैठक समेत अनौपचारिकमा सीमित हुने अनुमान लागउन सकिन्छ । नेपाली काँग्रेसले निर्बाचनमा हारेको मूख्य कारण सभापति देउवाको कार्यशैली भएको पौडेल र सिटौला पक्षको निष्कर्ष छ भने देउवा पक्ष सबै भागबण्डामा हिशाब गरेर लिने भएकाले पौडेल पक्षले पनि चोखो हुन नहुने तर्क छ ।
स्थानीय, प्रदेश र प्रतिनिधि सभा  तीनवटै निर्बाचनमा ०७० सालमा सबैभन्दा ठूलो भएको पार्टी भएपनि काँग्रेसले लज्जास्पद पराजय भोगेको थियो । काँग्रेस बरिष्ठ नेता पौडेल, डा. शेखर कोईराला, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, अजुन नरसिंह केसी, महेश आचार्य, गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधी लगायतका पपुलर नेताहरुले हारेपछि नेताहरु अत्तालिएका देखिन्छन् ।