आर्थिक

एनएमबिको त्रैमासिक विवरण प्रकाशित, २४ प्रतिशत नाफा

काठमाडौं । एनएमबि बैंकले आ.व.२०७४/७५ को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकले अघिल्लो बर्षको समीक्षा अवधि भन्दा झन्डै २४ प्रतिशत नाफा बढाएको हो ।  बैंकका अनुसार २३.३० खुद मुनाफामा वृद्घि भएको छ ।

हाल बैंकको निक्षेप ८५.२९ अर्ब पुगेको छ भने कर्जा ७४.०१ अर्ब पुगेको प्रकाशित विवरणले देखाएको छ ।

यस उपलब्धीहरुको फलस्वरुप बैंकले प्रति शेयर आम्दानी रु. २९.०९ र प्रति शेयर नेटवर्थ रु.१८७.२१ बनाउन सफल भएको छ ।
हाल एनएमबि बैंकको ९७ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ९२ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।