समाचार

तुम्लिङटारस्थित अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

संखुवासभा । अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।

गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।