आर्थिक

कमिशन र भ्रष्टाचारको अन्त्य गर्न जिउज्यान दिएर लागी पर्छुः मन्त्री यादव

चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वदेशमै गुणस्तरीय उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने बताएका छन्।

भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको पूर्ण स्वचालित प्रविधियुक्त कापी उद्योगको आज उद्घाटन गर्दै उनले समृद्ध नेपालका लागि उद्योगहरूको आवश्यकता रहेको बताए ।

उनले उद्योग व्यवसाय सञ्चालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । कमिसनका कारण नेपालमा रहेका अधिकांश उद्योग बन्द हुने गरेको बताउंँदै उनले कमिशन र भ्रष्टाचारको अन्त्य गर्न आफू कटिबद्ध रहने उल्लेख गरे ।

उद्योगका निर्देशक सञ्जय चौधरीले ३० जना युवाहरूको संयुक्त लगानीमा उद्योग स्थापना भएको जानकारी दिँदै स्वदेशी बजारमा गुणस्तरीय कापी आपूर्तिमा उद्योग सहयोगी हुने बताए । पाँच कठ्ठा क्षेत्रफलमा स्थापित उद्योगमा करिब २५ करोड लगानी भइसकेको जनाइएको छ ।