राजनीति

विप्लवको पार्टीमा यसरी एकाएक पहिरो खस्यो !

काठमाडौं । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपा क्रान्तिकारीका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक कार्यक्रमका बीच पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीैमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश कार्यक्रम पछि बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले नेता तथा कार्यकर्ताहरुले समयमै सही निर्णय लिएको बताएका छन् । माओवादीका मुद्धाहरु तितर वितर हुने खतरा औल्याउृदै उनले अब सबै माओवादीहरु मूल पार्टीमा आउने विश्वास समेत व्यक्त गरेका छन् । विप्लबले जनताको हित र राष्टियताको हितमा काम गर्नुको साटो जनता भड्काउने र अशान्ती गर्ने बाटो पक्डेको आरोप अध्यक्ष दाहालको थियो ।

यसैबीच, एमाले माअ‍ोवादीको् पार्टी एकताको प्रशंगमा बोल्दै अध्यक्ष दाहालले जुनसुकै हालतमा पनि दुवै पार्टीबीच एकता भइ छाड्ने बचनबद्धता व्यक्त गरेका छन् । संघीय गणतन्त्र स्थापनाका लागि भूमिका खेल्नेको एकता हुनै पर्ने धारणा राख्दै बाम एकता कसैले रोक्न नसक्ने तर्क गरे । पार्टी भित्र सबै बिषयमा सहमती भईसकेको र केही बिषयमा मात्र सहमती हुन बाकी रहेको उनको भनाई थियो ।