खेलकुद

माइभ्याली गोल्डकपः थ्रीस्टार र मनाङ फाइनलमा

मंगलबारे, इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब पुगेका छन् ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २–० को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यसअघि नै त्रिभुवन आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफको इन्जुरी समयमा (४६ औँ मिनेटमा) थ्री स्टारको तर्फबाट विमल घर्तीमगरले गोल गरेका थिए । त्यस्तै, खेलको ९० औँ मिनेटमा थ्री स्टारका मार्टिन्सले अर्को गोल गर्दै फाइनलको यात्रा पक्का गरेको हो । माइभ्याली गोल्डकपको फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ ।

उपाधि विजेताले र छ लाख ६६ हजार ६६६ र उपबिजेताले रु चार लाख पाउनेछन् ।