राजनीति

काँग्रेस बैठक अनिर्णीत, देउवा र पौडेल यसरी देखिन्छन् आ–आफ्नै अडानमा

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहान ९ बजे बोलाईएपनि हालसम्म शुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेबीचको बिबादका कारण बैठक बस्न नसकेको हो ।

शुक्रबार ९ बजे शुरु गरिएको बैठकमा त्यही बिबादका कारण बिचैमा स्थगीत भएको थियो । गत बर्ष सम्पन्न ३ वटा निर्बाचनमा हार ब्योहेरको काँग्रेसको पुरा जिम्मेवारी सभापति देउवाले लिनुपर्छ भन्ने बरिष्ठ नेता पक्षकाने अडान र निर्बाचनको हार बाम एकताका कारण भएको भन्दै सभापति देउवा पन्छिन खोजेपछि बैठक अहिलेसम्म बस्न सकेको छैन ।

पार्टी सभापतिले अहिलेसम्म बोल्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उत्तर दएिर बैठक अन्त्य गर्ने बताएपनि आज उपस्थित केन्द्रीयण् सदस्य तथा नेताहरु गफ गरेर दिन बिताईरहेको देखिन्छ ।

युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, प्रदीपव पौडेलहरु निर्बाचनमा हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने अडानमा छन् । पूर्ब माहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पहिले नै सभापति देउवाका बिरुद्ध खरो अभिब्यक्ती दिईसकेका छन् । यसमा नेता सिंह महाधिवेशन अघिदेखि नै सभापति देउवाका बिरुद्धमा भएपनि नेता सिटौला र अर्का पूर्ब महामन्त्री कुलबहादुर गुरुङ समापति देउवाका बिरुद्धमा बोल्ने खरो नेताका रुपमा पछिल्लामेपटक देखिएका छन् ।

देशको सबैभन्दा पुरानो लोकतान्त्रीक पार्टी र अहिलेको प्रमुख प्रतिपक्षी दल भएको नाताले पार्टीभित्र आन्तरिक ब्यबस्थापन मिलाएर हाँक्न नसके आगामी दिनमा समेत काँग्रेसलाई बत्ति बालेर खोज्नुपर्ने दिन आउने कार्यकर्ताहरुको प्रतिकृया छ ।

नेताहरुमा आफूलाई सुधारिएर अगाडी बढ्नुपर्ने ईच्छाशक्ती सकिएका निर्बाचनले पाठ पढाएपनि ब्याबहारमा उनीहरु नसुध्रिएको एक काँग्रेस केन्द्रीय कार्यालयमा बैठकको निर्णय सुन्न अँएका कार्यकर्ताले सुर्यखबरलाई बताए ।

एक केन्द्रीय सदस्यका अनुसार भने काँग्रेसमा संक्रमणकाललाई उपयोग गर्दै नेतृत्वमा स्थापीत हुने नेताहरुको स्वार्थ हावी भएका कारण बिबाद आएको जिकिर गरे, उनले भने देश, जनता र लोकतन्त्रका लागी भन्दा नेताहरुलाई आफू स्थापीत हुने दाउमात्र हावी देखिएका कारण समस्या देखिएको छ ।