समाचार

प्रेश युनियनले प्रभावकारी भूमिका नखेलेको गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेश क्षेत्र नं. ४ ले शनिबार चियापान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको नक्साल स्थित नारयणचौरमा सम्पन्न चियापानमा १३ औ लोकतन्त्र दिवसको अवसरी पारी आयोजना गरिएकोे कार्यक्रममा नयाँ बर्षको शुभकामना पनि आदानप्रदान गरिएको हो ।

कार्यक्रममा क्षेत्र नं। ४ निर्वाचित सांसद गगन थापा, समानुपातिक सांसद दिव्यमणि राजभण्डारी, प्रदेश समानुपातिक सांसद न्हुच्छेनारायण श्रेष्ठ, कार्यकर्ता लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई मौसमले साथ नदिएपनि अनौपचारिक कुराकानी गर्दै युवा नेता गगन थापाले नेपाली कांग्रेश निकट प्रेश युनियनले प्रभावकारुी भूमिका खेल्न नसकेको बताएका छन् । कार्यक्रम पूर्वनिर्धारित समय भन्दा केही ढिला गरि सुरु भएको थियो ।