अन्तर्राष्ट्रिय

किम र ट्रम्प नोबेल पुरस्कारका दाबेदार !

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाका सरकार प्रमुखहरुबीच भएको शिखर वार्ताको श्रेय अमेरिकी राष्टपति डोनाल्ड टम्पलाई जाने दक्षिण कोरीयाली विदेशमन्त्री ले बताएकी छन् । एक चर्चित समाचार च्यानल सँगको अन्तर्वातामा उनले शिखर वार्ताको श्रेय टम्पलाई गएपछि नोबेल पुरस्कार हकदार किम र टम्प भएको दाबी गरेकी हुन् ।

विदेशमन्त्री काङ् क्युङ ह्वाले राष्टपति टम्प पहिलेदेखि नै यो वार्ता होस् भन्ने पक्षमा रहेको बताएकी छन् । उनले सिएनएन्सँगको कुराकानी भनेकी छन्, टम्प पहिलेदेखि नै यो दिनका लागि दृढ संकल्पित थिए ।

अब टम्प र किमलाई नोबेल पुरस्कारको दाबेदारका रुपमा समेत चर्चा गर्न थालिएको समाचारहरु प्रकाशमा आउन थालेका छन् ।

टम्पका छोराले पनि आफ्ना बाबुले नोबेल पुरस्कार पाउनुपर्छ भन्ने पक्षमा छन्, नोबेल पुरष्कार पाउनेबारे भन्ने शंका गर्छन् । किम र ट्रम्प को नाम जोडिएर अमेरिका र दुई कोरियाहरुमा पनि शिखर वार्ताको समाचारहरु अझै सेलाएका छैनन् । -एजेन्सी