पु.समाचार

बैदेशीक रोजगारको हितमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाउछुः मन्त्री विष्ट

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताएका छन् ।

श्रम विभागको ‘१८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंँमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताएका हुन् ।

“व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा गरेको व्यवस्थालाई कडाइका साथ पालना गराउन सरकारी निकायले सक्रिय भूमिका खेल्नेछ ।” उनले भने ।

मन्त्री विष्टले श्रमिकको हकअधिकार थप सुनिश्चित गर्नका लागि अपुग प्रावधान सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे । नेपालमा सुधार गर्नका लागि सम्बन्धित औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, सरकारी कार्यालय, विभिन्न संस्थान, श्रमिक र श्रमिकसँग सरोकार राख्ने संघ संस्था सबैको सामूहिक सहयोग हुन जरुरी रहेको उनले उल्लेख गरे ।

श्रम विभागले आयोजना गरेको प्रभातफेरि कार्यक्रममा श्रम युनियनका प्रतिनिधि, टेक्निकल कलेजका विद्यार्थी, रोजगारदाता व्यक्तिको सहभागिता रहेको थियो ।

प्रभातफेरि वसन्तपुरबाट शुरु भएर टुँडिखेलमा आएर समापन भएको थियो ।