सूचना प्रविधि

ओलीले रिसाउदैँ भनेः टायरमात्रै होइन, इञ्जिनसमेत फेरिदिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई छिटो् छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यालयमा नेपाल टेलिकमका पदाधिकारीसँगको छलफलमा काममा ढीलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

काममा गति नलिने हो भने टायरमात्रै होइन, इञ्जिनसमेत फेरिदिने चेतावनी दिदैँ प्रधानमन्त्रीले टेलिकम प्रतिनिधीलाई साधे, ‘टेलीकमको आम्दानी के छ ? समस्या के छ ? जनताले पाइरहेको सेवा के छ ?’

टेलिकमको सेवाबारे असन्तुष्ट बनेका प्रधानमन्त्रीले एमडी टेलिकमकी प्रवन्ध निर्देशक (एमडी) कामिनी राजभण्डारीलाई सोधे– ‘काम राम्रोसँग नगर्ने हो भने टायर फेरौं कि इञ्जिन ?’

काम राम्रोसित गर्ने हो भने प्रोत्साहित गर्न सरकार तयार रहेको तर ढीलासुस्ती गरेमा कसैलाई पनि छुट नदिइने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीलाई प्रतिउत्तर दिदैँ कामिनीले भनिन्– ‘टेलिकममा काम राम्रोसित भइरहेको छ ।’

एमडी कामिनी राजभण्डारीले टेलिकममा काम राम्रोसित भइरहेको चने पनि सञ्चार मन्त्रालयका अधिकारीहरु भने टेलिकम लथालिङ भइरहेको दाबी गर्दै आएकाले प्रधानमन्त्रीले सिंह दरबार बोलाएका थिए ।