समाचार

कांग्रेस उम्मेदवारलाई क्षतविक्षत गराउने मुख्य योजनाकार जीतबहादुर समातिए

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरलाई झट्का लागेको छ । पार्टीका उदयपुरका जन जनसरकार प्रमुख पक्राउ परेपछि विप्लबलाई झट्का लागेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको छ ।

गए राति त्रियुगा नगपालिकाको चुहाडे क्षेत्रबाट विशेष सुराकीको आधारमा चुनावको बेला विद्युतीय धराप थाप्ने मुख्य योजनाकार मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डीएसपी मेधराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार मगरलाई शुक्रबार राति पक्राउ गरिएको हो । प्रहरीले मगरलाई खोजी सूचीमा राखे पनि पक्राउ गर्न सकेको थिएन् ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अगाडी बढाएको छ।