समाचार

राजधानीमा असिनापानी

काठमाडौँ । राजधानीमा शुक्रबार साझँ केही ठाउँमा असिनापानी परिरहेको छ । राजधानीका बुढानिलकण्ठ, टोखा लगायत स्थानमा असिना पानी परिरहेपनि अरु स्थानमा भने सिमसिमे पानी परिरहेको हो ।

कार्यालय छुट्टी हुने समयमा परेको पानीले राजधानीबासीको जनजीवन केही प्रभावित बनेको छ । आज दिनभरीको मौसम सफा रहेपनि अचानक पानी परेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसममा उतारचढाव हुन सक्नेछ ।