आर्थिक

यस्तो छ किम र मुनबीच भएको सहमतीको नालीबेली (पान्मुनजेओम घोषणासहित)

सउल । उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन्।

शिखर वार्तापछि ९ बुँदे पान्मुनजेओम घोषणा जारी गरिएको छ।

घोषणाका बुँदा यस्ता छन्:

१‍. सन् १९५३ युद्धविरामपछि रोकिएको युद्ध यही वर्ष अन्त्यमा भएको घोषणा गर्न सहमत भएका छन्।

२‍. दुबै कोरियाले अन-आणविकीकरण निशस्त्रीकरणलाई संयुक्त लक्ष्य बनाएर कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न सहकार्य गर्नेछन्।

३.यही वर्षको हिउँदमा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्नेछन्।

४‍. जमिन, समुद्र र आकाशमा भइरहेका द्वेषपूर्ण कार्यहरू बन्द गर्न पनि दुई कोरिया सहमत भएका छन्।

५.मे १ देखि दुबै कोरियाले सीमा क्षेत्रमा प्रचारबाजी बन्द गर्नेछन्।

६. उत्तर कोरियाको गाइसियोङमा संयुक्त सम्पर्क कार्यालय स्थापना गर्नेछन्।

७. आउने अगस्ट १५ मा दुबै कोरियाले १९५० देखि १९५३ सम्म चलेको युद्धका कारण बिछोडिएका परिवारको पुनर्मिलन आयोजना गर्ने।

८. पूर्वी तटमा अन्तर-कोरियाली रेल सञ्जाल पुन: सञ्चालन गर्न दुबै कोरिया सहमत भएका छन्।

९. सन् २०१८ को एसियन गेम्समा दुबै कोरिया संयुक्त रूपमा सहभागी हुनेछन्। -एजेन्सी