देश

चरा ठोक्किएपछि दुर्घटनाबाट बाल बाल बच्यो ५४ जना सवार विमान

काठमाडौं । कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । उक्त विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको हो ।

धनगढी विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएपछि दुर्घटना हुने संकेत देखिएको थियो । सौर्य एअरलाइन्सको ‘(एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए ।

५० जना यात्री र चालकदलका चार सदस्यसहित ५४ जना सवार विमान ६ हजार फिटमाथिबाट अवतरण गर्नेक्रममा चरा ठोक्किएको बताईएको छ ।
विमान काठमाडौंबाट बाट धनगढीका लागि छुटेको थियो ।