अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीको चीनमा ईन्ट्रि, आजै सी सँग भेटवार्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन ओर्लेका छन् । शुक्रबार मोदी चिन पुगेको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले बताएका हुन् । मोदीले शुक्रबार चिनियाँ राष्ट्रपति शी जिनपिङबीच वार्ता गर्ने कार्यक्रम रहेको छ ।

चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिसँग दुई देशबीच रहेका समस्यामाथि वार्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत र चीनको सीमा क्षेत्रको समस्या समाधान खोज्नुका साथै दुवै देशले क्षेत्रीय मुद्दाहरुलाई सम्बोधनको प्रयास गर्ने बताइएको छ। मोदी चीनबाट फर्किए लगत्तै नेपालको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। -एजेन्सी