राजनीति

वरिष्ठ नेता पौडेलले देउवालाई कडा चेतावनी दिदैं गराए गम्भिर ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाटीी सभापति शेरबहादुर देउवालाई विधान विपरित नचल्न चेतावनी दिएका छन्। पार्टी केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेल सभापती देउवाकोे तयारीको विरुद्धमा रुष्ट बनेका हुन् ।

सभापति देउवाले पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढ्ने तयारी गरिरहेका छन् । विधानसम्मत ढंगले अघि बढेमात्रै पार्टी भित्र बलियो एकता हुन्छ, सभापतिले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगले अघि नबढाएकै कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको थियो, नेता पौडेलको भनाई उदृत गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छानवीन गरी कार्वाही गर्न ढिलाई नगर्न पनि सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएका थिए।