समाचार

यी हुन् सरकारले आज गरेका निर्णयहरु

काठमाडौं । शुक्रबार अर्थात आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णहरु गरेको छ । बैठकले संघीय संसदको बैठक वैशाख २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरिएको, वीरगञ्जस्थित एकीकृत एकीकृत भन्सार चेकपोस्ट (आईसीपी) को भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने, आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने लगायत निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले वैशाख २३ गते अपरान्ह ४ बजे अधिवेशन आहृवान सिफारिस गरेको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।