मनोरञ्जन

परिना बनिन् अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज, इसा र इभाले बाजी मारे

काठमाडौं । सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को अन्तिम प्रतियोगीता सम्पन्न भएको छ । अन्तिम प्रतियोगीता मा समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका हुन् । गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए ।

फष्ट रनरअप पुनीका वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरि रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल , समिया थापा र सिम्रन तुलाधर विजेता बनेका थिए भने उनीहरुले साइकल तथा मोवाइलफोनहरु उपहारहरु पाएका थिए । साथै टप टेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको छ ।

कार्यक्रम सिजन मिडियाद्धारा आयोजना गरिएको थियो ।