देश

बुलेट त्रिशुलीमा खस्यो, चालकको घटनास्थलमै ज्यान गयो

काठमाडौं । गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै दुर्घटना भएको छ । त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको घटनास्थलमै ज्यान गएको हो ।

प्रहरीका अनुसार काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको हो । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले बताएको छ । अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।