प्रवास

अमेरिकामा रहेका ९ हजार नेपालीलाई घर फर्काईदै, अमेरिका छाड्नुपर्ने मिति नै तोकियो

काठमाडौं । अमेरिकामा रहेका नेपालीले स्वदेश फर्किनु पर्ने भएको छ । अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेसँगै स्वदेश फर्किनुपर्ने अवस्था आएको हो ।

एक विज्ञप्ति जारी गर्दै अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले टीपीएस सुविधा खारेज भएको घोषणा गरेसँगै अमेरिकी कानून अनुसार, टीपीएस अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै १२ महिनाभित्र अमेरिका छाड्नु पर्नेछ ।

टिपीएस सुविधा पाएकाहरुलाई स्वदेश फर्किनका लागि सुविधा होस् भनेर संक्रमणकालीन रुपमा १२ महिनाको समय थप गरिएको छ । यो अवधिमा नेपालीहरुले स्वदेश फर्किने तयारी गर्न पाउने छन् । अन्य स्टाटसमा जाने भए पनि उनीहरुलाई यसै समयअवधिभित्र मौका दिइने छ ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्ष अगाडि अमेरिकी सरकारले अनडकुमेन्टेड अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

ट्रम्प प्रशासनको अभियानको पछिल्लो अभियानले नेपालीहरु कठिनाईमा परेको बताईएको छ । ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।

हाल अमेरिकामा करिब ९ हजार नेपाली बस्दै आएका छन् ।