अन्तर्राष्ट्रिय

किमको यो तस्वीरले गर्यो कमाल

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनको एक तस्बीरले ईतिहास रचेको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे(इनलाई भेट्न दक्षिण कोरिया पुगेका किमको एक तस्बीरले ईतिहास रचेको हो ।

सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेक्दै गरेको तस्बीर ऐतिहासिक बनेको छ ।

यो भेटमा दुबै नेता हर्षित मुद्रामा देखिएका थिए । राष्ट्रपति मुनले उत्तर कोरियाली नेतालाई स्वागत गरे । लगत्तै उनले हात समातेर मुनलाई उत्तर कोरियाली भूमिमा लगे ।

दुई नेताबीच पुनमुनजोममा बनेको पीस हाउसमा वार्ता हुने बताईएको छ ।