राजनीति

काँग्रेस बैठकमा गच्छदार र श्रेष्ठद्वारा उपसभापतिमा दावी, निधीले पनि दाबी गर्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा बिहीबार नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आ-आफूले उपसभापति पाउनुपर्ने माग गरे । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए ।

गच्छदारअघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक आज बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता बिमलेन्द्र निधीले पनि आफ्नो पालो आएपनि उपसभापतिमा आफ्नो दाबीरहेको बताउने अनुमान लगाउन सकिन्छ, सभापति देउवाले कसरी उपसभापति पद ब्यबस्थापन गर्छन् त्यो भने हेर्न बाँकी नै छ । उपसभातिमा दाबी गर्ने प्रखर नेता खुमबहादुर खड्काको भने देहान्त भईसकेको छ ।