देश

बिहे नगरेका नारायणकाजीलाई ओलीले आफ्नी पत्नी देखाएपछि…

काठमाडौं । प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको विवाहको कार्यक्रम चलिरहेको छ । अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग लगनगाठोपछि विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको हो ।

शुभकामना दिन पुगेका माओबादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई प्रधानमन्त्री ओलीले काजी साब कहिले हो बाजी मार्ने बिहे गर्नुहोस बुढेसकालमा साहारा चाहिन्छ यस्ता कार्यमा संग जोडी जानु पर्छ नपत्याए हेर्नुहोस् त म त श्रीमतीलाई लिएर हिड्छु भन्दै आफ्नी श्रीमती देखाए पछी काजी एकोहोरो हासेको दृश्य हेर्न लायक थियो। काजी अबिबाहित छन उनलाई प्रचण्ड पत्नीले समेत बारम्बार बिहे गर्न दबाब दिने गरेको बुझिएको छ।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन् ।