मनोरञ्जन

ओलीको नजरमा करिश्मा, ठमेल बजारको पहिलो भेट मै सम्बन्ध झांगियो (भिडियो)

काठमाडौँ । लोक तथा दोहोरी गायक तथा सर्जक जे.बि ओलीले ठमेल बजारमा बोलको गीत सार्बजनिक भएको छ । यसपटक भने गायक ओलीले कला संस्कृति र मौलिकतालाई मध्यनजर गर्दै फरक स्वादमा ठमेल बजारमा बोलको गीत सार्बजनिक गरेका हुन् ।

यस भिडियो गीतमा चार बर्ण छत्तिस जातको फुलबारी हाम्रो देशको पर्यटन प्रबर्धनको निमित्त महत्वपुर्ण छ भन्ने कुरालाई उतारिएको छ । प्रस्तुत गीतमा जे.बि ओली र सुगम संगीतको क्षेत्रबाट ख्याती कमाएकी चर्चित गायिका मेलिना राइको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा लय जे.बि ओली र उमेश ठगुन्नाको रहेको छ भने शब्द गायक स्वयम् ओलीले तयार पारेका छन् ।

म्यूजिक भिडियाले सार्वजनिक भएको छोटो समयमै युट्युबमा राम्रो माया पाएको छ । यो समाचार तयार पार्दासम्म म्युजिक भिडियोलाई तिन लाख भन्दा बढी पटक हेरिएको छ । मौसम हिमालीको निर्देशन रहेको म्यूजिक भिडियोमा करिश्मा ढकाल, धुर्ब हिमाली र जे.बि ओली स्वयमको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई छायांकन करन चैंसिरले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो:-