खेलकुद

आईसीसीले कोलकाताबाट नेपाली क्रिकेटलाई पठायो यस्तो खबर

काठमाडौं । आईसीसीले नेपाली क्रिकेटलाई खबर पठाएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको हो ।

भारतको कोलकातामा सहरमा बसेको आईसीसी बोर्ड बैठकमा नेपालबारे पनि छलफल भएको बताईएको छ । बैठकपछि आईसीसीले भनेको छ, ‘निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिनेछ ।’

निर्वाचित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।