आर्थिक

जुम्री बजार र सन्धिखर्चमा जेसीबीले सुरु गर्यो आधिकारिक आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यस क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।

प्युठानको ‘एआरओ’ प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरे र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले संयुक्त रुपमा गरेका थिए । ‘एआरओ’को उद्घाटन कार्यक्रममा प्युठान हेभी इक्विपमेन्ट संघका अध्यक्ष बालाजु श्रेष्ठ, प्युठान निर्माण व्यवसायी संघका अध्यक्ष पशुपति नारायण नकर्मी लगायतको उपस्थिति थियो ।

त्यसैगरी, सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए । दुवै नयाँ ‘एआरओ’बाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री गरिनुका साथै सर्भिस पनि दिइनेछ ।

योसँगै जेसीबीले सात वटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमानम्बर १ ब्रान्ड बनेको हो ।