मनोरञ्जन

सलमान खान जेल गएको खबर नसेलाउदै बलिउडका राजपाल ६ महिनाका लागि जेल

काठमाडौं । सलमान खानलाई जेल सजाय सुनाईएको खबर सेलाउन नपाउदैँ बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाईएको छ । दिल्लीको कडकडडू अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको हो ।

चेक बाउन्सको आरोप लागेपछि राजपाल र उनकी पत्नी राधा सहित उनको कम्पनीका सात जनालाई अदालतले दोषी ठहर गरी पुलिसले हिरासतमा लिएको हो । सन् २०१० बाट नै राजपाल माथि चेक बाउन्सको उजुरी गरिएको थियो । कम्पनीको तर्फ बाट यादवले चलचित्र ’अटा लाक्सता’ बनाउनका लागी ५ करोड लिएका थिए । चलचित्र २०१२मा प्रदर्शन भएता पनि उधारो रकम फिर्ता गर्न नसकेपछि उनी माथि मुद्दा हालिएको थियो ।

आफ्नोे गल्ती स्वीकार गरेका राजपाललाई अदालतले तीन लाख पचास हजार रुपैयाँ धरौटी जमानत दिएको छ।