देश

चीनमा ‘मोस्ट वान्टेड’ महिला काठमाडौंको बौद्धबाट प्रहरी फन्दामा

काठमाडौं । चीनमा मोस्ट वान्टेडको सूचिमा रहेकी महिला काठमाडौंको बौद्धबाट प्रहरी फन्दामा परेकी छन् । करोडौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी झाङ गायुनलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गरेको हो ।

गायुनको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको परिसरका डिएसपी मोहन थापाले बताएका छन् । उनी ई ५९९६६८५२ को पासपोर्ट बोकेर नेपाल आएकी थिइन् । उनको पासपोर्टको समय समेत सकिइसकेको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए ।  उनका अनुसार झाङलाई चीन डिपोर्ट गर्ने तयारी भइसकेको छ ।