देश

प्रविनसँग आज लगनगाँठो कस्दै नेतृ लामा, प्रधानमन्त्री ओली प्रमुख अतिथि

काठमाडौं । एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा बिहीबार लगनगाठो कस्ने भएकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नवीना विवाह बन्धनमा बिहिबार विवाह बन्धनमा बाँधिन लागेकी हुन्। नेतृ लामा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी बताईएको छ ।

नेतृ लामाको विवाहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुने भएका छन्। आर्मी अफिसर्स क्लबमा हुने विवाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले नै गरेको छ। अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले विवाहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।