आर्थिक

‘संगीतकार संघ नेपाल’ लाई सिटिजन्स बैंकको १५ लाख

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप रु १५००,०००÷उपलब्ध गराएको छ ।

बुधबार एक कार्यक्रमका बिच पन्ध्र लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा ले हस्तान्तरण गरेका छन् । संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकम मेची – महाकाली साङ्गगितिकत अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ भएकोे पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरीएको जानकारी दिए । केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने पनि कार्यकारी प्रमुख भण्डारीले बताए ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमाआफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको छ ।
आगामी दिनमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको भनाई थियो ।