सूचना प्रविधि

ओप्पोको ‘एफ सेभेन’ बजारमा, यस्तो छ मूल्य

काठमाडौं । स्मार्ट फोन कम्पनी ओप्पोको एफ सेभेन फोन बिहीबारदेखि नेपाली बजारमा आएको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी रहेको उक्त स्मार्टफोन नेपाली बजारमा आएको हो ।

नेपाली बजारमा यसको मुल्य ४६ हजार ५ सय ९० रुपैंया तोकिएको छ । यसमा ६४ जीबी, ४ जीबी र्यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

अप्रिल २५ देखि सार्वजनिक गरिएका मोबाइल नेपाल भर सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध हुने कार्यक्रम मार्फत जानकारी दिइएको छ ।

एफसेभेनमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सर सहितको २५ एमपी फ्रण्ट क्यामेराको प्रयोग सार्वजनिक छ ।