राजनीति

पथरी शनिश्चरेले हिउँदे अधिवेशन गर्ने

पथरी, मोरङ । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाले यही वैशाख १७ गते गर्ने हिउँदे अधिवेशनको तयारीका क्रममा दैनिक बैठक थालेको छ ।

सो अधिवेशनमा ऐन, कार्यविधिसहितका नीति तथा कार्यक्रमका लागि १० बजेभन्दा अघि बिहानको समय दैनिकरुपमा बैठक बस्न थालेको हो ।

नगरका लागि आवश्यक कानून तथा कार्यविधि निर्माण गरी पारित गर्दै नयाँ नीति कार्यक्रमको तयारीका लागि बैठक थालिएको नगर प्रमुख दिलीपकुमार राईले जनाए । बैठक अभियानको पहिलो दिन बुधबार दुईवटा कार्यविधि पारित भएको उनले सुनाए ।