राजनीति

काँग्रेसमा मौलाएको चाकडीबाज निरुत्शाहित गर्न सभापति देउवा सकृय हुनुपर्छ : केन्द्रीय सदस्य गिरी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफ्नो सिमित स्वार्थ पुरा गर्नको लागि चाकडी गर्ने भीडलाई वाईपास गरी बैठकमा केन्द्रीय सदस्यहरुले प्रश्तुत गरेका विचार विमर्शहरूलाई आत्मासात गरी पार्टी नेतृत्वले आगामी कार्यदीशा बनाउनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

पार्टी बलियो बनाउँनको लागि उक्त बिचारहर औषधीको रूपमा लिन पूर्बमन्त्री समेत रहेका नेता गिरीले सभापति शेर बहादुर देउवालाई सुझाब दिएका छ्न् ।

ललितपुरस्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितको मंगलबारको बैठकमा आफ्नो विचार राख्दै गिरीले भने, ‘हामीले संविधान सभाको चुनाव बनायौँ, संविधान जारी गर्यौँ, चुनाव पनि सम्पन्न गर्यौँ तर चुनावमा पराजित भयौँ । चुनाव हामीले बाम गठबन्धनको कारणले हार्यौं होला, त्यो ठिकै होला, आन्तरीक कलह – अन्तरघातले हार्यौँ होला, त्यो पनि ठिकै छ, टिकट वितरण राम्रो भएन ,  चुनावी रणनीति गतिलो भएन र चुनाव हार्यौँ होला स त्यो सबै ठिकै छ तर पार्टीको संगठन धरासयी बनाई सभापतिको छवि र लोप्रियता धमिलो हुने गरी आफ्नो सिमित स्वार्थ पुरा गर्नको लागि सभापतिलाई सल्लाहा दिए जस्तो गरी चाकडी गर्ने भीडलाई तत्काल वाईपास गरी बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, गगन थापा लगायत सबै केन्द्रीय समितिका साथीहरूले लिखित र मौखिक रूपमा गरेका विचार विमर्श र पेश गरेका सुझावहरूलाई पार्टी नेतृत्वले, खासगरी पार्टी सभातिले पार्टीको संगठन बलियो बनाउनको लागिऔषधीको रूपमा लिई नयाँ रणनीतिको संरचना गर्न सक्नु पर्दछ । पार्टी सभापति समुह भन्दा माथि उठी लोकप्रिय र मुलुक सम्वृद्धशाली हुने काम गर्नु पर्दछ ।’
त्यसैगरी, पार्टीको संगठन कमजोर भएको कारण निराश भएका नेता कार्यकर्ताहरूलाई जोश जाँगर र उत्साह ल्याउने कार्यक्रम ल्याउनु पर्ने वताउँदै गिरीले भने, ‘काँग्रेसको यो बैठक सकिएर बाहिर निस्कंदा नयाँ कार्यक्रम, नयाँ योजना र उत्साहाका साथ निस्कनु पर्दछ ।’
उक्त बैठकमा सरल स्वभाबका धनी नेता गिरीले चाकरीबाजले नै पार्टीका सबै अंगहरु बर्बाद गरेको बताएका छन् ।