आर्थिक

आविष्कार केन्द्रका माहावीर पुनःलाई बृज सिमेन्टको सहयोग

काठमाण्डौ । कीर्तिपुरमा निर्माणाधिन ‘मेकर स्पेस’लाई वृज सिमेन्टले सघाउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था तथा वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका बीचमा आज संझौता भएको हो ।

काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महाविर पुन र कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले संझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रले अहिले गरिरहेका कामबारे जानकारी गराएका थिए । अनुसन्धान एकैछिनमा गर्न सकिने विषय नभएकाले यसकालागि लामो समय र पैसाको जाहो गर्नुपर्नेमा जोड दिए।

उनले यसकालागि अनुसन्धान गर्न चाहनेले सामान्य ‘प्रपोजल’ बनाएपछि आविष्कार केन्द्रले सम्पूर्ण सहयोग गर्न तयार रहेको पनि बताए । अहिले दुर्गम भेगमा काम लाग्नेगरि मेडिसिन ड्रोन बनाएर परिक्षण भइरहेको जानकारी दिँदै, पानी फिल्टर लगाएतका विषयमा अनुसन्धान भइरहेको बताए ।

वृज सिमेन्टका प्रबन्ध निर्देशक मनोज केडियाले सामाजिक उत्तरदायित्व अन्र्तगत आफूहरुले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेको बताए । आविष्कार केन्द्र नेपालमा बने यहाँको आर्थिक उन्नतीमा पनि सहयोग पुग्ने केडियाले विश्वास व्यक्त गरे ।
मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एउटा प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार बर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अघि बढी रहेको छ । करिब एक करोडमा बन्ने ल्याबको केही समयमै टेन्डर आह्वान गरिने पनि जानकारी दिइएको छ ।