समाचार

पत्रकार पाण्डेलाई पितृशोक

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक पत्रकार राजेन्द्रप्रसाद पाण्डेलाई पितृशोक परेको छ ।

उनका पिता नारायण पाण्डेको आज बिहान स्याङ्जाको विर्गास्थित आफ्नै निवासमा निधन भएको हो ।

तीन दशकभन्दा बढी समयसम्म शिक्षा क्षेत्रमा योगदान पु¥याउनुभएका पाण्डे केही समयअघिदेखि निमोनियाबाट पीडित थिए । स्व पाण्डेका दुई छोरा र एक छोरी हुन् ।