आर्थिक

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १५।९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजा8र ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४२ बिन्दुले ओरालो लागेर २९४।६२ बिन्दुमा पुगेको छ ।
आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार समूह २।८७ बिन्दुले बढ्दा बैंकिङ १५।८५, होटल ११।८३, विकास बैंक २७।७९, जलविद्युत् १३।१, फाइनान्स ९।९२, बीमा ७६, उत्पादन ९।९१, अन्य ६।८३, माइक्रोफाइनान्स १०।५१ बिन्दुले ओरालो लागेको छ ।