कृषि

बनेपामा कृषि प्रवर्धन र व्यापार मेला

बनेपा, काभ्रेपलाञ्चोकको बनेपास्थित नयाँ तरकारी बजारमा यही वैशाख १५ गतेबाट चार दिने कृषि प्रवद्र्धन मेला हुने भएको छ ।

जिल्लामा उत्पादित कृषिजन्य वस्तुलाई सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यका साथ सञ्चालनमा आएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिले समृृद्ध काभ्रे कृषि सहकारी संस्था तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा मेला हुनलागेको हो ।

काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलका अनुसार मेलामा कृषि उपज, कृषि सामग्री र पशुजन्य वस्तुको प्रदर्शनी गर्नेछ । सो अवसरमा किसानबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकलाई पुरस्कार, कृषि प्रविधि प्रदर्शनी, सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लगायत कलाकारको प्रस्तुित रहनेछ ।

करीब एक सय ५० कक्ष रहने उक्त मेलामा किसानका लागि निःशुल्क कक्षको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ । उक्त मेलामा पशुजन्य, माछा, चिया, तरकारीजन्यका साथै कृषि सम्बन्धी नयाँ प्रविधि, प्राङ्गारिक उत्पादन, प्राङ्गारिक मललगायत सुपथ मूल्यका पसलसमेत सञ्चालन हुने बताइएको छ ।