समाचार

अभियान र सेलेष्ता ‘च्याम्प चितवन’ घोषित

रत्ननगर, चितवन । भरतपुरका अभियान पौडेल र सेलेष्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन् ।

गएराति १० बजे सम्पन्न फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेष्ताले ताज जिते ।

उनीहरुलाई मिस नेपाल युनिभर्स—२०१७ की विजेता नग्मा श्रेष्ठले ताज पहि¥याएका थिए । दुई विधामा घोषणा गरिएको च्याम्प चितवनको पुरुषतर्फ फष्ट रनर अपमा आर्यान पोखरेल र सेकेन्ड रनरअपमा संयोग शर्मा घोषित भए ।

यस्तै, महिलातर्फ फष्ट रनर अपमा आयुशा काफ्ले र सेकेन्ड रनर अपमा आर्यान्का केसी घोषित भइन् । होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त कार्यक्रममा मिस टिन र मिस्टर टिन समेत घोषणा गरिएको थियो ।

मिस टिनतर्फ अनु श्रेष्ठले ताज पहिरिइन् । फष्ट रनर अपमा अभिप्शा अधिकारी र सेकेन्ड रनर अपमा साहिशा सापकोटा घोषित भइन् । मिस्टर टिनतर्फ आयुष पाण्डेले उपाधि जिते । फष्ट रनर अपमा दिवस अधिकारी र सेकेन्ड रनर अपमा सुशन जोशी विजयी भए ।

विजेताले नगर रु १५ हजार र साइकल उपहार प्राप्त गरे । फष्ट रनर अपले रु १० हजार र सेकेन्ड रनर अपले रु पाँच हजार पुरस्कार पाए । उनीहरुलाई मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त प्रतिस्पर्धामा ८६ जना सहभागीमध्ये ४८ जना प्रशिक्षणमा सहभागी भएका कार्यक्रम संयोजक नारायण ढकालले बताए । त्यसमध्ये ३२ जना फाइनलमा सहभागी थिए ।

सानो उमेर (७–१२ वर्ष)का एक समूह च्याम्प चितवनमा र ठूला उमेर (१३–१६ वर्ष) का मिष्टर एण्ड मिस टिन प्रतिस्पर्धामा थिए । प्रशिक्षक एवं च्याम्प चितवनकी आयोजक प्रतिनिधि लक्ष्मी पन्तले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम गरिएको बताए ।