पु.समाचार

चिनियाँ राजदूत यू होङले नेपालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेता नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।

नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए ।

नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।