आर्थिक

प्रभु बैंकको साखा आजबाट ज्ञानेश्वरमा

काठमाण्डौ । आज प्रभु बैंकले काठमाण्डौको ज्ञानेश्वरका आफ्नो साखा बिस्तार गरेको छ । काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३० ज्ञानेश्वरमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्प बहादुर प्रधानले एक समारोहका विच समुद्घाटन गरेको होे । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुंदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।