राजनीति

माओबादी फुट्यो, गुरुङको नेतृत्वमा आयो नयाँ पार्टी

काठमाडौँ । देशको स्वाभिमानको रक्षा र जनताको सेवा गर्ने भन्दै माओवादी पूर्वजनमुक्ति सेना पार्टी, नेपाल गठन गरिएको छ ।

रञ्जीत गुरुङको अध्यक्षतामा ९५ सदस्यीय कार्यसमिति गठन गरिएको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वाभिमानको रक्षा गर्न आम उत्पीडित, शोषण, अन्याय र अत्याचारका विरुद्ध न्यायको पक्षमा उभिन पहल गरिने अध्यक्ष गुरुङले बताए ।

विगतमा भएको १० वर्षे द्वन्द्वका कारण शहीद, बेपत्ता परिवारका सदस्य, घाइते, शारीरिक क्षमता कमजोर भएका तथा इमान्दार कार्यकर्ताप्रति उच्च सम्मान गर्दै उनीहरुको समस्याप्रति सम्बन्धित निकायमा पहल गरिने विज्ञप्तिमा भनिएको छ ।

मुलुकको विकास, समृद्धि तथा अन्याय र अत्याचारका विरुद्ध संघर्ष गरी सामाजिक सशक्तीकरणका लागि पार्टीले राजनीतिक गतिविधि सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।