साहित्य

घडियाल काव्य उत्सव

नवलपरासी । विसं २०२७ देखि दुर्लभ अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलो पटक पूर्वी नवलपरासीको रजहरमा ‘घडियाल काव्य उत्सव’ शुक्रबारदेखि शुरु भएको छ ।

आजसम्म चल्ने उत्सवमा नेपालका विभिन्न प्रतिष्ठित साहित्कारको सहभागिता छ । साहित्यमार्फत अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित उत्सव आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।