अन्तर्राष्ट्रिय

रेल दुर्घटनामा चालिसभन्दा बढी घाइते

भिएना । अस्ट्रेलियाको सलज्बर्ग सहरमा शुक्रबार भएको रेल दुर्घटनामा ४० भन्दा बढीका घाइते भएका छन् । यात्रुवाहक रेलको दुई डिब्बा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ती व्यक्ति घाइते भएका उद्धारकर्ता र रेल कम्पनीले जानकारी दिएको छ ।

जुरिचबाट भिएनातर्फ गइरहेको सो रेलको दुई वटा डिब्बा एक आपसमा ठोक्किएको कारण पनि प्रष्ट नभएको आगलागी नियन्त्रण सेवाका अधिकारीले स्थानीय सञ्चार माध्यमल जानकारी दिएका छन् ।

‘अस्ट्रेलिया नेसनल रेल कम्पनी (ओबिबि)’का प्रवक्ताले रात्रि सेवामा चल्ने यस रेलमा सवार रहेका ३५ देखि ४० व्यक्ति घाइते भएका बताएका छन्।

यस दुर्घटनामा घाइते भएका प्रायःव्यक्तिको अवस्था समान्य रहेको रेडक्रस सेवाले जानकारी दिएको छ ।